लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

सत्ती कृषि सहकारीको नवाैं साधारणसभा सम्पन्न

सत्ति/टिकापुर नगरपालिका वडा नम्बर ७ सत्ति स्थित सत्ति कृषि सहकारी संस्थाकाे नवाैं वार्षिक साधारण सभा शनिबार सत्तिमा सम्पन्न भएको  छ।

सहकारीका अध्यक्ष सन्जिव कुमार वैद्यको अध्यक्षतामा भएको कार्यक्रममा टीकापुर 
नगरपालिका वडा नं ७ नं का अध्यक्ष यज्ञ न्यौपाने  प्रमुख अतिथि रहेका थिए ।प्रमुख अतिथी न्यौपानेले सहकारीबाट ऋण लिएर सहि प्रयोजनमा मात्र लगानी गर्नमा जाेड दिएका थिए ।

२०७३ साल फागुन २ गते स्थापना भएको सहकारीले यस आर्थिक वर्षमा ३ लाख  २० हजार ५ सय ९४ रुपैयाँ मुनाफा कमाउन सफल भएको छ भने गत तीन वर्षको तथ्यांक हेर्दा भने संस्थाले क्रमश: आर्थिक वर्ष ७९/८० मा ३ लाख २४ हजार १६८ रुपैयाँ, आर्थिक वर्ष ८०/८१ मा ४ लाख ७१ हजार १४ रुपैयाँ मुनाफा कमाउँदै आएको छ ।
संस्थाको हाल सम्मको तथ्यांक केलाउँदा शेयर पुँजि १८ लाख २८ हजार ३ सय रुपैयाँ, बचत/निक्षेपमा ८९ लाख ४६ हजार ४ सय १५ रुपैयाँ,ॠण लगानी ८४ लाख ११ हजार ५ सय ५५ रुपैयाँ रहेको छ । कार्यक्रमको संचालन सुमन तिमिल्सिनाले गरेका थिए ।


प्रकाशित : २०८२ मंसिर २१ आईतवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप