खक्राैला / टीकापुर नं ९ स्थित सत्ती भन्सार कार्यालय खक्रौला द्वारा आर्थिक वर्ष २०८१/०८२ मा १२ करोड ७ लाख ३२ हजार राजस्व लक्ष्य रहेकोमा भन्सार कार्यालयले १४ करोड ३७ लाख ३८ हजार राजस्व संकलन गरेको छ । 
सत्ती भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/०८२ को श्रावण महिनामा ७६ लाख ५० हजार भाद्र महिनामा १ करोड २८ लाख , असोज महिनामा १ करोड ३५ लाख ९० हजार, कार्तिक महिनामा १ करोड ४३ लाख १५ हजार,मंसिर महिनामा १ करोड ६७ लाख २ हजार पौष महिनामा १ करोड ६२ लाख ७४ लाख, माघ महिनामा ८७ लाख २० लाख ,फाल्गुन महिनामा ९५लाख १२ हजार , चैत्र महिनामा ८१लाख ६३ हजार, बैशाख ९७ लाख ९१ हजार, जेष्ट महिनामा ८९लाख २१ हजार अषाढ महिनामा १ करोड ७२ लाख ८८ हजार गरि १४ करोड ३७ लाख ८२ हजार राजस्व संकलन गरिएको सत्ती भन्सार कार्यालयका प्रमुख टोप बहादुर भुसालले जानकारी दिएका छन ।
भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/०८२ मा कपडा , हार्डवेयर, किराना सामान , मोटर पार्ट लगायतका सामग्रीबाट राजस्व संकलन गरेको भन्सार कार्यालयका नायब सुब्बा पदम राज भट्टले जानकारी दिएका छन । यस नाकाबाट आयात गरिएका सामग्री कैलालीको टीकापुर,लम्की सुख्खड लगायतका बजार र बर्दियाका राजापुर , शान्तिबजार ,सुर्खेत लगायतका बजारहरुमा जाने गरेका छ।
सत्ती भन्सार कार्यालय छोटी भन्सार बाट स्तरउन्नति भई मुल भन्सार कार्यालय भएको ६ बर्ष भई सक्दा पनि प्लान्ट क्वारेन्टाइन स्थापना हुन नसक्दा यस क्षेत्रबाट आयात निर्यात गर्ने ब्यापारीलाई सास्ती हुने गरेको व्यापारी सुरेश खडकाले बताए । प्लान्ट क्वारेन्टाईनका लागि ब्यापारीले धनगढी र नेपालगंज धाउनु पर्ने बाध्यता रहेको बताए । यस भन्सार कार्यालयमा आर्थिक बर्ष २०८१/०८२ मा ७ सय ७६ मुद्दा दर्ता भएको ७५१ वटा मुद्दा फर्च्यौट भएका छन ।










समाचार 