सत्ति/ टीकापुर नगरपालिका वडा नं ७ सत्तिमा रहेका सामुदायिक संस्थालाई जिवन्त र सक्रिय संस्था बनाउन शनिबार सर्वपक्षिय छलफल भएको छ ।
कार्यक्रममा वडामा निस्किृय रुपमा रहेका संस्थाहरु कणर्ाली बहुमुखी क्याम्पस ,साझा सहकारी ,पशु क्वारेन्टाईन सत्तिलाई पुन सुचारु गर्नका लागी आफुले वडा अध्यक्षमा विजयी भएर आए पछि विभिन्न क्षेत्रका राजनैतिक तथा सामाजिक अगुवाहरु संग छलफल गरिरहेको जानकारी दिए ।
कार्यक्रमा वडा अध्यक्ष न्यौपानेले आफु वडामा रहेका अधिकांश संस्थामा आवद्ध रहेकोले र सामाजिक संघसंस्थाको पृष्ठभुमि बाट आएको हुनाले निकट भविष्यमा बन्द अवस्था रहेका साझा सहकारी ,कणर्ाली बहुमुखी क्याम्पस र पशु क्वारेन्टाईन पुनः संचालनका लागी निकट भविष्यमै पहल गरिने उनले बताए ।
वडाको विकासका लागी टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारु पनि सात नम्बर वडाबासी भएकोले पनि सकारात्मक रहेको बताउ“दै नगरप्रमुख थारुले वडामा ब्याडमिन्टन हल बनाउनका लागी २५ लाख रुपैया“ विनियोजन गरिएको समेत बताए ।
आगामी ५ वर्ष भित्र कसरी समृद्ध वडा बनाउने बारेमा योजना लिएर आएमा आफुले दल विचार या वाद नहेर्ने अध्यक्ष न्यौपाने बताएका थिए ।
वडाका विभिन्न क्षेत्रका अगुवा तथा युवाहरुको सहभागीता रहेको सो कार्यक्रममा युवा सरोकोर समिति समेत गठन गरिएको छ ।










समाचार 