लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

साथीको जन्मदिन मनाउन गएका चार किशोरको खोलामा डुबेर मृत्यु

सत्ति/कैलालीमा साथीको जन्मदिन मनाउन गएका चार किशोरको खुटिया खोलामा डुबेर मृत्यु भएको छ ।

गोदावरी नगरपालिका–९, सहरी झोलुंगे पुलनजिक बिहीबार दिउँसो नुहाउने क्रममा उनीहरूको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी रणबहादुर चन्दका अनुसार मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–४ का १७ वर्षीय सक्षम जोशी, १६ वर्षीय जेव भण्डारी, १७ वर्षीय जाबेज भण्डारी र १५ वर्षीय प्रतीक चौधरी रहेका छन् ।

‘साथीहरूको समूह जन्मदिन मनाउन गएको थियो । खोलामा नुहाउने क्रममा उनीहरू हात समातेर तर्न खोज्दा ४ जना गहिरो भागमा फसे । हात छुटेपछि अन्य तीन जना बचे,’ डीएसपी चन्दले भने । उनका अनुसार किशोरहरू दिउँसो साढे १२ बजे बेपत्ता भएका थिए भने स्थानीयवासी, प्रहरी र सशस्त्र प्रहरीको सहकार्यमा खोजी गर्दा उनीहरूको शव अपराह्न साढे ४ बजे फेला परेको हो ।
उनीहरूसँगै गएका १७ वर्षीय नवीन डडाल, १७ वर्षीय युवराज कुवर र १७ वर्षीय आकाश मल्ल भने सकुशल रहेका छन् । मृतक मध्ये तीन जना वाल्मीकि इन्टरनेसनल स्कुल र एक जना ग्यालेक्सी स्कुलमा कक्षा ११ मा अध्ययनरत रहेको प्रहरीले जनाएको छ । घटनापछि स्थानीय शोकमा डुबेका छन् ।


प्रकाशित : २०८२ भाद्र १२ बिहीबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप