लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

सामुदायिक विकासमा सहकारी जुट्न आग्रह

सत्ति / टिकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगाैरा थारुले सहकारीलाई सामुदायिक काममा सहयोग गर्न सुझाव दिएका छन् ।
उनलेे साे कुरा टिकापुर -६ सत्ति स्थित उज्यालो बहुउद्देश्यीय सहकारी संस्थाको साेमबार वार्षिकोत्सव कार्यक्रमकाे प्रमुख अतिथिको आसन बाट बताएका हुन ।

टिकापुर नगरपालिकाले नगरक्षेत्रमा कार्यक्षेत्र बनाइ काम गरेका बैंक ,वित्तीय संस्था ,सहकारी लाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत रहेर नगर सफा ,सुन्दर ,हरियाली ,साैन्दर्यका काममा सहयोग गर्नुपर्ने बताएका हुन ।
उज्यालो सहकारिले पनि आफ्नो कार्यक्षेत्रमा स्वास्थ्य शिविर , सडक बत्ती जडान , सडक हरियाली जस्ता सामाजिक काममा अगुवाइ गर्नुपर्नेमा जाेड दिएका थिए ।

सहकारीका अध्यक्ष डम्बर बहादुर घर्तीकाे अध्यक्षतामा भएको १६ औं वार्षिकोत्सव कार्यक्रमका सहकारीका संस्थापक ३१ जना सदस्यलाई सम्मान पत्र र दाेसल्ला अाेढाएर सम्मानित गरिएको थियो । कार्यक्रमका वक्ताहरुले पछिल्लो समयमा रासायनिक मल वितरण, धान र गहुँको बिज वृद्धिकाे क्षेत्रमा नमुना सहकारीकोरुपमा काम गरेको बताएका थिए ।

कार्यक्रममा टिकापुर नगरपालिका वडा नम्बर ६,७ र ८ का वडा अध्यक्षहरु, सामुदायिक सहकारीका उपाध्यक्ष दिपक साउँद लगायतका अतिथिहरुले शुभकामना मन्तव्य राखेका थिए । १६ अाैं वार्षिकोत्सव कार्यक्रममा उपस्थित सहभागीलाई सहकारीका उपाध्यक्ष शशि श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए भने संचालन व्यवस्थापक रामकृष्ण चाैधरिले गरेका थिए ।

सहकारीले आर्थिक वर्ष २०७८/०७९ काे असार मसान्तसम्ममा १५ लाख ५० हजार ७६९ रुपैयाँ खुद मुनाफा गरेको विवरण प्रस्तुत गरिएको थियो ।


प्रकाशित : २०७९ भाद्र १४ मंगलवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप