सत्ति/सत्ति स्थित सामुदायिक सहकारी ग्रामीण क्षेत्रका नागरिकहरूको बैंकको रुपमा स्थापित रहेको बताइएको छ । टिकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगाैरा थारुले प्रमुख अतिथिको आसन बाट शनिबार साे सहकारीको २५ अाैं वार्षिक साधारणसभामा बताएका हुन ।
नगर प्रमुख थारुले सहकारी संस्थाले भौतिक विकाससँगै आर्थिक विकासका गतिविधिमा बढी ध्यान दिनुपर्ने बताएका छन् । सहकारीले आर्थिक वर्ष २०८१/०८२ मा ७६ लाख भन्द बढी खुद मुनाफा कमाउन सफल भएको छ ।

सहकारी संस्थाको २५ औं वार्षिक साधारण सभामा प्रस्तुत गरिएको प्रतिवेदनका आधारमा ७६ लाख ४५ हजार ९ सय ९१ रुपैयाँ ७२ पैसा खुद मुनाफा कमाउन सफल भएको हो ।
दुई हजार ४ सय ७ जना शेयर सदस्य रहेको सहकारीको शेयर पुँजी एक करोड ८९ लाख १८ हजार तीन सय पुगेको छ भने १७ करोड ५५ लाख ६४ हजार तीन सय ५० रुपैयाँ १२ पैसा निक्षेप बचत रहेको छ । १८ करोड ४२ लाख २६ हजार ५७ रुपैयाँ ऋण लगानी गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
सहकारी संस्थाका अध्यक्ष पल बहादुर बस्नेतको अध्यक्षतामा भएको वार्षिक साधारण सभामा बाेल्ने वक्ताहरुले किसान माझ सहजरुपमा मलखाद पुराउन नसकेकोमा चिन्ता व्यक्त गरेका थिए । कार्यक्रममा वडा नं. ७ का वडा अध्यक्ष यज्ञ न्यौपानेले सहकारीको लगानी उत्पादनका क्षेत्रमा लगाउनुपर्नेमा जोड दिएका थिए । उनले टीकापुरमा रहेका ७५ सहकारी मध्ये हाल ५५ सहकारी मात्रै सञ्चालनको अवस्थामा रहेको बताए ।
टीकापुर नगरपालिका वडा नं. ८ वडा अध्यक्ष दीर्घ ठकुल्लाले सहकारीहरु हाम्रा सम्पत्ति रहेको बताउँदै तल्लो भेगका सहकारी ग्रामीण क्षेत्रका लागि बैंकको रुपमा स्थापित भएको बताएका थिए सहकारीका शेयर धनीहरुलाई बलियो बनाए सहकारी भोलिका दिनसम्म पनि फस्टाउँदै जाने समेत उनले बताए थिए ।
सहकारीले कर्णाली माध्यमिक विद्यालय सत्तीमा अध्ययन गर्दै फुलबल खेल खेल्दै राष्ट्रिय स्तरको अन्डर १६ फुटबल लिग चरणमा उत्कृष्ट प्रदर्शन गर्ने सफल उदीयमान खेलाडीको रुपमा चरण ठकुल्ला, गत वर्षको एसईई परिक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल राष्ट्रिय माध्यमिक विद्यालय बेलुवा, उत्कृष्ट बचतकर्ता निर्मल चाैधरी, दिल बहादुर ठकुल्ला, रोझन चाैधरी, कुलराम चाैधरी र खेमराज चाैधरीलाई सम्मान गरेको थियोे ।
त्यस्तै सहकारीले असल ऋणीमा विश्राम डगाैरा, सम्झना डगाैरा थारु, भुखाली थारु, नयन बुढा, प्रदिपा देवी चाैधरी गरि १० जना जेष्ट सदस्यलाई सम्मान गरेको थियोे ।कार्यक्रममा शेयर सदस्य नरेश्वर धमाल,पत्रकार भिम वि.क.,कर्णाली माध्यमिक विद्यालय प्रधानाध्यापक खुमानन्द ओली,रेडक्रस नारायणपुरकी सभापति धनसरी कोइराला, भानु पुस्तकालयका अध्यक्ष मनिराम ढुङ्गाना, लक्ष्मीनारायण सहकारीका अध्यक्ष कपुरसिंह कडायतक, सहकारीका पुर्व अध्यक्ष जंगबहादुर साउद,पुर्व नारायणपुर गाविसका अध्यक्ष फकिरसिंह कडायत लगायतले मन्तव्य राखेका थिए । सहकारी संस्थाका सचिव कृत ठकुल्लाले सञ्चालन गरेको कार्यक्रमको स्वागत लेखा समिति सदस्य लिलाराम ढुङ्गानाले गरेका थिए ।










समाचार 