जावेद अख्तर,काठमाडौं
/ प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसदमा महाअभियोग दर्ता भएको छ । सत्तारुढ पाँचदलीय गठबन्धनका सांसदले आइतबार ११ बजेर १० मिनेटमा संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका हुन् ।
महाअभियोग प्रस्तावमा कानुनमन्त्री दिलेन्द्र बडू सहित ९८ जना सांसदले हस्ताक्षर गरेका छन् । महाअभियोग दर्तासँगै जबरा निलम्बनमा परेका छन्
प्रकाशित : २०७८ फाल्गुन १ आईतवार प्रकाशित










समाचार 