सत्ति / टिकापुर ८ बटनपुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल रेडक्रस सोसाइटी धनसिंहपुर उपशाखाले शनिबार रक्तदान कार्यक्रमको आयोजना गरेको हो । उक्त रक्तदान कार्यक्रममा ३३ जनाले रक्तदान गरेको सभापति रेडक्रस धनसिंहपुरका सभापति रतन टमट्टाले जानकारी दिए ।
केहि समयदेखि रगत अभाव भएको जानकारी पाए पछि केहि संघसंस्थाले रक्तदान स्वत: स्फुर्तरुपमा विभिन्न संघसंस्थाले रक्तदान कार्यक्रमको आयोजना गरि रगत संकलन गरेका छन् ।
यसैगरि गौरिगंगा नगरपालिका ८ बडैपुरमा आज आयोजित रक्तदान कार्यक्रममा ६३ जनाले रक्तदान गरेका छन । गौरिगंगा ११ स्पोर्ट क्लबले आयोजना गरेको रक्तदान कार्यक्रममा ६३ जनाले रक्तदान गरेको क्लबका अध्यक्ष दिनेश कलेलले जानकारी दिए ।










समाचार 