लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

एक तथ्य- टीकापुर घटनामा रामजनम चौधरी किन पक्राउ परेनन्?

काक्रा चोरेको आरोपमा बालकलाई बाँधेर कुटपिट

कञ्चनपुरको बेदकोट नगरपालिका–५ पोल्खरीमा एक ९ वर्षीय बालकमाथि अमानवीय कुटपिटको घटना सार्वजनिक भएको छ। काक्रा चोरेको आरोपमा स्थानीय ३६ वर्षीय भोज नाथले बालकको हातखुट्टा बाँधेर निर्घात कुटपिट गरेको आरोप लागेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।

बुधबार दिउँसो भएको उक्त घटनाको भिडियो बिहीबार सामाजिक सञ्जालमा भाइरल बनेपछि प्रहरी सक्रिय भई नाथलाई नियन्त्रणमा लिएको जनाएको छ। घटनापछि पीडित पक्षले नाथविरुद्ध ज्यान मार्ने उद्योगसम्बन्धी जाहेरी दर्ता गरेका छन्।

पीडित बालक बेदकोट–३ दैजी निवासी हुन्। उनका आमाबुवा रोजगारीका लागि भारतमा रहेका कारण उनी हाल पोल्खरीस्थित मामा घरमा बस्दै आएका थिए। बालकको हेरचाह उनकी हजुरआमाले गर्दै आएकी थिइन्।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ भने बालकमाथि भएको कुटपिटको चौतर्फी आलोचना भइरहेको छ।


प्रकाशित : २०८३ बैशाख १८ शुक्रबार प्रकाशित

ताजा समाचार
  • Ad
    Advertisement