लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

एक तथ्य- टीकापुर घटनामा रामजनम चौधरी किन पक्राउ परेनन्?

रसुवाको स्वाउबारी सामुदायिक वनमा वृक्षरोपण

रसुवा, राष्ट्रिय युवा संघ नेपाल, बागमती प्रदेश कमिटीको आयोजनामा रसुवा जिल्लाको कालिका गाउँपालिका–२ स्थित स्याउबारी सामुदायिक वनमा शनिबार बृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।

प्रकृति संरक्षण, वातावरणीय सन्तुलन र ‘हरित नेपाल’ निर्माणको राष्ट्रिय अभियानलाई टेवा पुर्‍याउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो । वृक्षरोपण अभियान एक महिना सम्म सञ्चालन हुने राष्ट्रिय युवा संघ नेपाल रसुवाले जनाएकाे छ । वातावरण जोगाउने यस पवित्र कार्यमा युवाहरूको उत्साहजनक र सक्रिय सहभागिता रहेको थियो ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, युवा तथा नेताको उपस्थिति रहेको थियो । राष्ट्रिय युवा संघ नेपालले प्रकृति र वातावरण संरक्षणका लागि युवा वर्ग सदैव अग्रपंक्तिमा उभिनुपर्ने सन्देश दिँदै आगामी दिनमा पनि यस्ता रचनात्मक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

साे अवसरमा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय अध्यक्ष महाराज गुरूङ, नेकपा एमाले केन्द्रीय सदस्य प्रेम तामाङ, रसुवा जिल्ला कमिटीअध्यक्ष कैसाङनुर्पु तामाङ, सचिव पेम्बा तामाङलगायत सहभागी थिए ।


प्रकाशित : २०८३ असार २८ आईतवार प्रकाशित

ताजा समाचार
  • Ad
    Advertisement