लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

एक तथ्य- टीकापुर घटनामा रामजनम चौधरी किन पक्राउ परेनन्?

माजिद अन्सारीमाथि भएको कुटपिटबारे मानवअधिकार आयोगमा उजुरी

जेनजी अभियानी माजिद अन्सारीमाथि प्रहरीले कुटपिट गरी नियन्त्रणमा लिएको घटनालाई लिएर राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी परेको छ। जेनजी मुभमेन्ट अलायन्सले सोमबार सरकार, गृह प्रशासन र प्रहरी विरुद्ध आयोगमा उजुरी दर्ता गराएको हो।

अलायन्सले गत शनिबार कीर्तिपुरको होल्डिङ सेन्टरमा अन्सारीमाथि कुटपिट गर्ने प्रहरी टोली र प्रधानमन्त्री कार्यालय तथा गृह मन्त्रालयको प्रतिनिधिको रूपमा समन्वय गर्न आएको बताउने ओजस्वी थापा विरुद्ध कारबाहीको माग गरेको छ। थापाले नै त्यसदिन प्रहरीलाई निर्देशन दिएर परिचालन गरेको उजुरीमा आरोप लगाइएको छ।

घटनाले संविधानको धारा १६, १७, २० र २२ बमोजिम मानव अधिकारको उल्लंघन गरेको अलायन्सको ठहर छ। अलायन्सले उजुरीका साथमा सो दिनको भिडिओ फुटेजका साथै कीर्तिपुर अस्पताल र त्रिवि शिक्षण अस्पतालको मेडिकल रिपोर्ट समेत प्रमाणका रूपमा बुझाएको छ।

कुटपिटबाट घाइते भएका अन्सारीको हाल त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा उपचार भइरहेको छ।

 


प्रकाशित : २०८३ असार २९ सोमबार प्रकाशित

ताजा समाचार
  • Ad
    Advertisement