रसुवा, दलित–गैरदलित (अन्तरजातीय ) विवाह प्रोत्साहन कार्यक्रम अन्तर्गत रु. ५० हजार रूपैयाँ प्रदान गरिएकाे छ ।
नेपालको संविधानले प्रत्याभूत गरेको समानता, सामाजिक न्याय तथा विभेदरहित समाज निर्माणको भावनालाई आत्मसात गर्दै दलित–गैरदलित विवाह गरी सामाजिक सद्भाव, सामाजिक एकता, पारस्परिक सम्मान तथा जातीय विभेद उन्मूलनमा अनुकरणीय योगदान पुर्याउनुभएका दम्पतीलाई उत्तरगया गाउँपालिकाद्वारा सम्मान गरिएको हाे ।
उनीहरूलाइ प्रेरणादायी कार्यको उच्च कदर गर्दै उत्तरगया गाउँपालिकाको दलित–गैरदलित विवाह प्रोत्साहन कार्यक्रम अन्तर्गत रु. ५०,०००/- (अक्षरेपी पचास हजार रुपैयाँ मात्र) प्रोत्साहनस्वरूप प्रदान गरिएको छ। साथै सामाजिक समानता, समावेशीकरण तथा विभेदरहित समाज निर्माणमा पुर्याउनुभएको योगदानको सम्मानस्वरूप प्रशंसापत्र समेत प्रदान गरिएको उत्तरगया गाउँपालिका अध्यक्ष माधबप्रसाद अर्यालले बताए ।
यस वैवाहिक सम्बन्धले सामाजिक रूपान्तरण तथा जातीय विभेदमुक्त समाज निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वासका साथ सम्मान गरिएकाे हाे ।



समाचार
