लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

एक तथ्य- टीकापुर घटनामा रामजनम चौधरी किन पक्राउ परेनन्?

नौकुण्डमा भूमि समस्या समाधानबारे तालिम सम्पन्न

रसुवा, जिल्ला भूमि अधिकार मञ्च रसुवा र चनभूमे गाउँ भूमि अधिकार मञ्च नौकुण्ड – ५ भोर्लेको संयुक्त आयोजनामा भूमि समस्या समाधानबारे भेला तथा प्रशिक्षण कार्यक्रम भोर्ले गाउँमा सम्पन्न भएको छ ।

नौकुण्ड गाउँपालिकामा लामाे समय देखि बिर्ता जग्गाको समस्या छ । नौकुण्ड गाउँपालिका कार्यालयको सहयोगमा भेला तथा तालिम कार्यक्रम सञ्चालन गरिएको जिल्ला भूमि अधिकार मञ्चका अध्यक्ष भनावीप्रसाद न्यौपानेले जानकारी दिए ।

भाेर्लेमा दुइ दिन आयोजना भएको भेला तथा प्रशिक्षणमा समुदायका अगुवा तथा बिर्ताका मोही किसानहरू सहभागी भएका थिए । साथै गाउँ कार्यालिका सदस्य सुमिना नेपाली वडा कार्यालयका जनप्रतिनिधिलगायत पनि सहभागी भएका थिए ।

प्रशिक्षण कार्यक्रमको सहजीकरण जिल्ला भूमि अधिकार मञ्चका अगुवा र सामुदायिक आत्मनिर्भर सेवा केन्द्रका प्रतिनिधिले गरेका थिए । प्रशिक्षणमा करिव ४० जना किसान प्रतिनिधिहरू सहभागी भएका थिए ।

प्रशिक्षण कार्यक्रममा सहभागी हुँदै नौकुण्ड गाउँपालिकाका कार्यपालिका सदस्य सुमिना नेपालीले भनिन्, हाम्रो पालिकाभित्र रहेका भूमिसम्बन्धी समस्या समाधान गर्नको लागि पालिकाले प्राथिमकता दिएको छ । बिर्ता समस्या र भूमिहीन सुकुमबासीको समस्या समाधान गर्नको लागि जिल्ला भूमि अधिकार मञ्चसँग सहकार्य पनि गरिरहेका छौँ ।

जिल्ला भूमि अधिकार मञ्च रसुवाका अध्यक्ष भवानीप्रसाद न्यौपानेले भने नौकुण्ड गाउँपालिका वडा नं. ५ मा बिर्ता समस्याले किसानहरू पीडित छन् । पहिले पनि किसानहरूलाई लालपुर्जा वितरण गर्न सहयोग गरेका थियौँ ।

सरकारले २०८३ असार मसान्तसम्म बिर्ता जग्गा जोतभोग गर्ने किसानहरूले निवेदन दर्ता गर्न पाउने गरी सूचना गरेकाे र २०८४ असार मसान्तमा जग्गा दर्ताको टुङ्गो लगाउने गरी विर्ता उन्मूलन नियमावली २०१७ को नवौं संशोधन भएको जानकारी दिइएकाे थियाे ।

सहभागीहरू बीच सबैलाई समयमै वडा तथा गाउँपालिका मार्फत भूमि प्रशासन कार्यालयमा निवेदन पेश गर्न अनुरोध गरिएकाे भूमि विज्ञ तथा सहजकर्ता विश्वास नेपालीले बताए ।


प्रकाशित : २०८३ जेष्ठ २० बुधबार प्रकाशित

ताजा समाचार
  • Ad
    Advertisement