लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

एक तथ्य- टीकापुर घटनामा रामजनम चौधरी किन पक्राउ परेनन्?

रेडप्लस (उत्सर्जन न्युनिकरण ) सम्बन्धि गाउँपालिका स्तरिय सचेतना तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

रसुवा, जलवायु परिवर्तनका असर न्युनीकरण र वन क्षेत्रको दिगो संरक्षणमा सहयोग पुर्याउने उद्देश्यले जुरिस्डिक्सनल रेडप्लस उत्सर्जन न्यूनीकरण सम्बन्धि गाउँपालिका स्तरिय १ दिने सचेतना तथा अन्तर्क्रिया कार्यक्रम ३ वटा गाउँपालिकामा सम्पन्न भयाे ।

उत्तरगया, कालिका र नाैकुण्डमा सम्पन्न भएकाे हाे । सामुदायिक वन उपभाेक्ता समुह, आदिवासी जनजाति महासंघ, अपाङता भएका, दलित, महिला तथा जनप्रतिनिधि तथा गाउँपालिका वन तथा वातावरण शाखाका प्रमुख, पत्रकारहरूलगायत सहभागी थिए । कार्यक्रममा सहजकर्ताहरू बिनाेद सापकाेटा र कमला पाेखरेलले सहजिकरण गरेका थिए । सामुदायिक वन उपभाेक्ता महासंघ रसुवाकाे समन्वयमा भएकाे थियाे ।

रेडप्लस कार्यक्रमको महत्व, उद्देश्य र स्थानीय तहमा यसको कार्यान्वयनका पक्षहरूबारे विस्तृत जानकारी दिंदै रेडप्लस अवधारणा, नेपालमा रेडप्लससँग सम्बन्धित संरचना र आदिवासी जनजाति तथा स्थानीय समुदायको सशक्त सहभागिता सुनिश्चित गर्नुपर्ने विषयमा विशेष जोड् दिइएको थियो ।

यस कार्यक्रममा सहभागी सरोकारवाला निकाय र समुदायका प्रतिनिधिहरूले वन संरक्षण, जलवायु परिवर्तन न्यूनीकरण तथा स्थानीय समुदायको भूमिकाबारे आफ्नो धारणा र सुझावहरू प्रस्तुत गरेका थिए ।

रेडप्लस (REDD+) कार्यक्रमले वन विनाश र क्षयिकरण न्यूनीकरण, वनको दिगो व्यवस्थापन र कार्बन उत्सर्जन घटाउँदै जलवायु सन्तुलन कायम गर्न सहयोग पुर्‍याउने उद्देश्य राखेकाे सहजकर्ता तथा फेकाेफाेन बागमती प्रदेशका अध्यक्ष बिनाेद सापकाेटाले जानकारी दिए । कालिका गाउँपालिका- ३ का वडा अध्यक्ष फणिन्द्र प्रसाद न्याैपाने, नाैकुण्ड गाउँपालिका- ३ का वडा अध्यक्ष नाेकेन्द्रदेव माेक्तान, उत्तरगया गाउँपालिका उपाध्यक्ष चमेली गुरूङ , विस्वास नेपाली, बलराम घिमिरे, फेकाेफाेन स्थानीय महासंघ उत्तरगयाका अध्यक्ष उत्तम घले, नाैकुण्डका अध्यक्ष शारदा गुरूङलगायतका सहभागीहरूले अहिलेकाे जल्दाे बल्दाे र नयाँ विषयमा जानकारी भएकाे बताए ।
सो अवसरमा जलवायु परिवर्तन, वन विनाश र क्षयीकरणका कारणहरू, रेडप्लस (REDD+)कार्यक्रम, तथा लिफ कार्यक्रम (LEAF) अन्तर्गत लाभ वितरण प्रक्रिया जस्ता विषयहरूमा गहन छलफल गरिएको थियो।

रेडप्लस कार्यक्रमको उद्देश्य, कार्यान्वयनको चरण, वन संरक्षणको भूमिकासँगै कार्वन व्यापार र लाभांश वितरणको विषयमा विस्तृत जानकारी गरिएको थियो । सो अवसरमा सहभागीहरुका बीच वन संरक्षणको भूमिकासँगै पालिका स्तरमा वनको दिगोपना, वातावरणीय सचेतना र जलवायु प्रतिरोधात्मक विकास योजनाको विषयमा ३ वटै गाउँपालिकामा छलफल गरिए सहजकर्ता कमला पाेखरेलले बताइन् ।


प्रकाशित : २०८३ जेष्ठ २० बुधबार प्रकाशित

ताजा समाचार
  • Ad
    Advertisement