धनराज शाही ,बटनपुर / प्रत्येक वर्ष मे २८ का दिन मनाइने सुरक्षित महिनावारी दिवस आज कैलालीको टिकापुर नगरपालिका ८ बटनपुरमा मनाइएकाे छ ।
वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र बाल कल्याण संघ टिकापुरकाे आयोजनामा महिनावारी स्वच्छता सम्बन्धि सडक नाटक भएको हो ।
समुदायमा रहेका महिलाहरुलाइ महिनावारीमा हुनसक्ने जाेखिमबाट जाेगाउने उदेश्यका साथ साे सडक नाटक प्रदर्शनी गरिएको बाल कल्याण संघकी कर्मचारी धनसरा सुनारले जानकारी दिइन् ।
टिकापुर नगरपालिका वडा नम्बर ६,७,८ र ९ का बाल क्लबका प्रतिनिधिहरुले साे सडक नाटक प्रदर्शन गरेका थिए । बाल क्लबका प्रतिनिधि प्रितम टमट्टा,अजय टमट्टा,ईशा चाैधरि,अजिता चाैधरि,रिकिना चाैधरि, अनुषा अधिकारी ,तेजस्वी चाैधरि, लिसन वड र एञ्जल चाैधरिले प्रस्तुति गरेका थिए ।
चेलिबेटी सुरक्षित गर्नु छ भने छाउपडि कुप्रथा न्युनिकरण गर्नुपर्ने,आफुले दुख पाएकाे गाेठमा बस्नु परेको तर पहिलेको तुलनामा अहिले धेरै सुधार भएको सडक नाटक हेर्न पुगेकि स्थानीय पवित्रा देवी विकले प्रतिकृया जनाइन् ।
महिनावारी हुनु भनेको एक प्राकृतिक प्रक्रिया हो । तथापि यो नेपालमा केवल एक सरल जैविक प्रक्रिया नभई सामाजिक, सांस्कृतिक, पारम्परिक र सामाजिक वर्गीकरणको कारण बनेको सडक नाटकमा देखाइएको थियोे । विशेषगरी अछामि समुदायमा महिनावारीकाे समस्या रहेकोले बटनपुरमा नाटक प्रदर्शनी गरिएको बाल क्लबका एक सदस्यले बताए ।
संविधानको धारा १६ मा प्रदत्त ‘प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने हक’ को उल्लङ्घन गर्नुका साथै प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी कानूनको बर्खिलाप रहेको बुद्धिजीवीहरुको भनाइ रहेको छ ।



समाचार
