बाँकेको कोहलपुरमा नगर प्रमुख पुर्ण प्रसाद आचार्यको नाममा नक्कली फेसबुक आइडी बनाई विभिन्न व्यक्तिहरूसँग पैसा मागेर ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय कोहलपुरले साइबर अपराध अन्तर्गत मुद्दा दर्ता गरी उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ परेका व्यक्तिहरूले नक्कली फेसबुक प्रोफाइल प्रयोग गरी करिब १ लाख ५० हजार रुपैयाँ ठगी गरेको खुल्न आएको छ।



प्रहरीका अनुसार पीडितबाट उठाइएको रकममध्ये १ लाख ५० हजार रुपैयाँ फिर्ता गरिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले सामाजिक सञ्जालमार्फत आउने अपरिचित व्यक्तिको पैसासम्बन्धी अनुरोधमा सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ।














समाचार
