टीकापुर / कैलाली जिल्लाको टीकापुर नगरपालिकाकाे वडा नं –९ खैरिपुरबाट लागूऔषध जस्तो देखिने पदार्थ सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा टीकापुर नगरपालिका–२ विजयनगर बस्ने ३२ वर्षीय श्यामबहादुर चाैधरि र जानकि गाउँपालिका वडा नम्बर ३ लायकपुर बस्ने २५ वर्षीय भानु गिरि रहेका छन् । पैदलयात्रीका रुपमा हिँडिरहेकाे अवस्थामा शंकास्पद लाग्दा चेकजाँच गर्दा श्यामबहादुर चाैधरिकाे कमिजकाे बाहुलामा लुकाएर राखेकाे अवस्थामा ३ ग्राम खैरो हेराेइन फेला परेपछि उनीहरुलाई पक्राउ गरेको सत्ति प्रहरी बिटमा ड्युटीमा रहेको प्रहरीले बताइएको छन ।
पक्राउ परेका दुवै जनामाथि लागूऔषध सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी थप अनुसन्धान गर्नका लागि इलाका प्रहरी कार्यालय टीकापुर पठाइएको छ।



समाचार
