लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

एक तथ्य- टीकापुर घटनामा रामजनम चौधरी किन पक्राउ परेनन्?

बालबालिकाको सवालमा सराेकारवाला सँग छलफल

सत्ति / बालबालिकाको आवाजलाई सशक्त रुपमा उजागर गर्न सराेकारवालाहरुसँग शनिबार छलफल भएको छ ।

विकासका लागि युवा एक्यवद्धता “यार्ड” नामक संस्थाले आयोजना गरेको कार्यक्रममा बालबालिकाका मुद्दाहरुमा पैरवीका लागि साे छलफल कार्यक्रम गरिएको हो ।
यार्ड नेपालका हातेमालो परियोजना कार्यक्रम संयोजक पिताम्बर पौडेलले सन २०२६ देखि २०३० सम्मको रणनीतिक योजना तयार पारेर बालबालिकामा हुने हिंसा,शिक्षाको पहुँचमा बालबालिकालाई पुर्याउने आधार र आर्थिक अवस्थाको कारण कुपोषणमा परेका बालबालिलाई सहयोग गर्दै चरणबद्ध रुपमा काम सुरु भएको बताए ।

टीकापुर, भजनी घोडाघोडी, गौरिगंगा नगरपालिका र कैलारी गाउँपालिकाका २४ वटा वडामा परियोजनाले बाल अधिकारको क्षेत्रमा काम गर्दै आएको परियोजना संयोजक पाैडेलले बताए । छलफलमा बालबालिकामा अध्ययन गर्ने बानी कम्जोर बन्दै गएको , कुलतमा फस्ने गरेको छलफलमा सहभागीले बताएका थिए ।

कार्यक्रममा सहभागी टीकापुर नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष यज्ञ न्यौपानेले बालबालिकाहरुमा पढाई गर्नुपर्छ बन्ने बानीको विकास गराउनुपर्नेमा जाेड दिएका थिए भने वडा नं. ८ का वडा अध्यक्ष दीर्घ ठकुल्लाले अभिभावकमा आफ्नो लागि सबैभन्दा ठूलो सम्पत्ति आफ्ना बालबालिका हुन भन्ने सोचको विकास गर्नुपर्ने बताएका थिए ।
कार्यक्रममा सहभागीहरुले विद्यालय नजिकै सुर्तीजन्य पदार्थ र मदिरा खुलेआम बिक्रीवितरण हुने कार्यमा स्थानीय निकायले बताएका थिए ।


प्रकाशित : २०८३ बैशाख ६ आईतवार प्रकाशित

ताजा समाचार
  • Ad
    Advertisement