लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

एक तथ्य- टीकापुर घटनामा रामजनम चौधरी किन पक्राउ परेनन्?

टीकापुर नगरपालिकाको १९ औँ नगरसभा सम्पन्न, एक अर्ब तीन करोड बजेट पारित

टीकापुर/ टीकापुर नगरपालिकाको १९ औँ नगरसभा बुधबार नगरसभाका ज्येष्ठ सदस्य जयराम थारुको अध्यक्षतामा सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८३/०८४ का लागि नीति, कार्यक्रम, बजेट तथा आर्थिक ऐन पारित गर्दै आगामी वर्षका विकास योजनालाई अघि बढाउने निर्णय गरेको हो ।

नगरपालिकाले आगामी आर्थिक वर्षका लागि रु. १ अर्ब ३ करोड ६७ लाख ७७ हजार १ सय बराबरको बजेट स्वीकृत गरेको छ। नगरपालिकाले आगामी आर्थिक वर्षका लागि कुल ३० करोड २ लाख रुपैयाँ पुँजीगत खर्च र २९ करोड ३५ लाख रुपैयाँ चालु खर्च विनियोजन गरेको छ। पुँजीगत बजेटमध्ये वडास्तरीय योजनाका लागि ६ करोड ३१ लाख २० हजार, समपुरक योजनाका लागि ३ करोड, नगर गौरवका योजनाका लागि ९ करोड ५० लाख तथा विषयगत शाखाका कार्यक्रमका लागि २ करोड ३५ लाख रुपैयाँ छुट्याइएको छ।

यस्तै, संघीय सरकारबाट सशर्त चालु अनुदानतर्फ २९ करोड १५ लाख, पुँजीगत सशर्त अनुदानतर्फ ५६ लाख र विशेष अनुदानतर्फ १ करोड ८० लाख रुपैयाँ प्राप्त हुने भएको छ। साथै, सुदूरपश्चिम प्रदेश सरकारबाट समपुरक अनुदान ५२ लाख ८९ हजार, विशेष अनुदान ७६ लाख ५० हजार र सशर्त अनुदान १० करोड ७५ लाख रुपैयाँ विनियोजन गरिएको छ।

बजेटमा गुणस्तरीय स्वास्थ्य सेवा, शिक्षामा सुधार, कृषि आधुनिकीकरण, रोजगारी सिर्जना, उद्यमशीलता प्रवर्द्धन, पूर्वाधार विकास, वातावरण संरक्षण, विपद् व्यवस्थापन तथा समावेशी विकासलाई मुख्य प्राथमिकतामा राखिएको छ।

नगरपालिकाका अनुसार वडा तथा नगरस्तरीय गौरवका आयोजना, शिक्षा–स्वास्थ्य क्षेत्रको सुदृढीकरण, फोहोरमैला व्यवस्थापन, सुशासन प्रवर्द्धन, युवा लक्षित कार्यक्रम तथा आधारभूत पूर्वाधार विकासमा बजेट केन्द्रित गरिएको छ। “समृद्ध नगरः खुसी नगरवासी” भन्ने दीर्घकालीन लक्ष्य हासिल गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको नगरपालिकाले जनाएको छ।

विगत लामो समय देखि कार्यवाहक नगरप्रमुखको विषयमा विवादमा तानिएको टीकापुर नगरपालिकालाई तोकिएको समयमा नगरसभा नगरेका कारण ३ दिनमा स्पष्टीकरण पठाउन समान्य प्रशासन मन्त्रालयले पत्र पठाए पश्चात्बु धबार नै १९ औं नगरसभा सम्पन्न भएको हो ।


प्रकाशित : २०८३ असार १७ बुधबार प्रकाशित

ताजा समाचार
  • Ad
    Advertisement