लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

एक तथ्य- टीकापुर घटनामा रामजनम चौधरी किन पक्राउ परेनन्?

उत्तरगयाधाममा स्वच्छ र प्रदूषणमुक्त बनाउन डस्टबिन तथा बाेर्ड राखियाे

रसुवा/पवित्र धार्मिक तथा पर्यटकीय स्थल उत्तरगयाधामलाई स्वच्छ, सफा र प्रदूषणमुक्त बनाउने उद्देश्यले १० सेट डस्टबिन र ३ वटा सन्देश मुलक बाेर्ड राखिएको छ ।

“स्वच्छ, सफा र प्रदूषणमुक्त उत्तरगयाधाम, सभ्य नागरिकको पहिचान” भन्ने मूल नाराका साथ डिभिजन वन कार्यालय रसुवाको आयोजनामा, उत्तरगया गाउँपालिका–५ वडा कार्यालय माझगाउँ तथा सामुदायिक वन उपभोक्ता महासंघको सहकार्यमा डस्टबिन राखिएको हो । २ चरणकाे सरसफाइ अभियान गरी सचेतना मुलक बाेर्ड र डष्टवीन राखिएकाे डिभिजन वन कार्यालयका डिभिजनल वन अधिकृत शम्भु तामाङले बताए ।

डस्टबिन राख्नाले उत्तरगयाधाम क्षेत्रको वातावरणीय स्वच्छता कायम राख्न, फोहोर व्यवस्थापनलाई व्यवस्थित र प्रभावकारी बनाउन तथा धार्मिक स्थलमा आउने श्रद्धालु र पर्यटकहरूमा सरसफाइप्रति सकारात्मक चेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

उत्तरगयाधाम धार्मिक आस्थाका साथै पर्यटकीय दृष्टिले पनि महत्वपूर्ण गन्तव्य भएकाले यसको प्राकृतिक सौन्दर्य र पवित्रता संरक्षण गर्नु सबैको साझा दायित्व हो । त्यसका लागि फोहोर व्यवस्थापनलाई प्राथमिकतामा राख्दै सरसफाइसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिइने जनाएको छ ।

डस्टबिनको उचित प्रयोग गर्दै उत्तरगयाधामलाई स्वच्छ, सफा र प्रदूषणमुक्त राख्न स्थानीयवासी, श्रद्धालु तथा पर्यटक सबैमा आयोजकले आग्रह गरेको छ । उत्तरगया क्षेत्र विकास समिति र स्थानीय तहले धार्मिक तथा पर्यटकीय क्षेत्र उत्तरगयाधामलाई स्वच्छ, सफा र सुन्दर राख्न र थप विकास गर्न गुरू याेजना बनाएर लाग्नु पर्ने जिल्ला समन्वय समितिका प्रमुख अशाेक घिमिरेले बताए ।

साे अवसरमा डिभिजन वन कार्यालयका प्रमुख शम्भु तामाङ, वडा अध्यक्ष यमनाथ आचार्य, उत्तरगया क्षेत्र विकास समितिका साेमलाल लबट, नेपाल प्रहरी, सामुदायिक वन उपभाेक्ता महासंघ , नागरिक समाजलगायतकाे सहभागिता रहेकाे थियाे ।


प्रकाशित : २०८३ असार २० शनिबार प्रकाशित

ताजा समाचार
  • Ad
    Advertisement