रसुवा, २०८२ फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको पुर्व अनुगमन तथा निर्वाचनको तयारी सम्बन्धमा अन्तर्क्रिया रसुवा र नुवाकोटमा सम्पन्न भयो । 
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) निर्वाचनको पुर्व अनुगमन गर्ने क्रममा इन्सेक बागमती प्रदेश संयोजक शिबप्रसाद खकुरेलको नेतृत्वमा आएको पर्यवेक्षक टोलीले विभिन्न सरोकारवाला निकायसग भेट गरी स्वच्छ , भय रहित र निष्पक्ष निर्वाचनको लागि भएको तयारीका सम्बन्धमा आवश्यक जानकारी लिने क्रममा रसुवाका मुख्य निर्वाचन अधिकारी जिल्ला न्यायाधीश ध्रुबकुमार उप्रेतीले निर्वाचनको आवश्यक तयारी पूरा भएको तथा मतपत्र प्राप्त भएको जानकारी दिए ।

निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुलाइ तालिम प्रदान गरिसकको बताउदै निर्वाचनको अन्तिम तयारी पूरा भएको बताए । प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले स्वच्छ , मर्यादित र भयरहित वातावरण निर्वाचन हुने विस्वास ब्यक्त गर्दै मतदानदेखि मतगणना सम्मको तयारी पूरा भएको बताए । उनले त्यसका लागि एकीकृत सुरक्षा योजना बनाइ चारबटै सुरक्षा निकाय परिचालन गरिएको र मतदननमा खटिने जनशक्तिहरुको आवश्यक व्यवस्थापन भएको जानकारी दिदै हालसम्म दलबाट निर्वाचन आचार संहिता उलङ्घन नभएको जानकारी दिए ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को निर्वाचन पुर्व पर्यवेक्षणका क्रममा भएको छलफलमा नेपाल प्रहरी नायव उपरीक्षक अशोक थापा, नेपाली सेनाका गणपति प्रधुम्न गौतम, राष्ट्रिय अनुशन्धानका डिएसपी मदन पौडेल , सशस्त्र प्रहरीका डिएसपी विष्णुप्रसाद पोखरेल, निर्वाचन कार्यलयका प्रतिनिधि, इन्सेकका जिल्ला प्रतिनिधिलगायतका सुरक्षा प्रमुखहरुको उपस्थिति रहेको थियो ।
इन्सेकका बागमती प्रदेश सयोजक शिव खकुरेलले नेपालमा प्रजातान्त्रको पुनःस्थापन पछि भएका सबै निर्वाचनहरुमा अनुगमन तथा पर्यवेक्षण गर्दै आएको बताउदै यस पटक पनि मुलुकभर निर्वाचन पर्यवेक्षणका लागि २ सय ३२ जना पर्यवेक्षक खटाइएको जानकारी दिए । यसै गरी नागरिक समाज रसुवाका अध्यक्ष बाबुलाल तितुङसँग पनि रसुवाको निर्वाचन तयारी अवस्था बारे छलफल भयो । यस क्रममा सुरक्षा प्रमुख तथा नागरिक समाज रसुवाका अध्यक्ष नेपाल रेडक्रस सोसाइटीका सभापति बाबुलाल तितुङलगायसँग संयोजक खकुरेलले भय रहित निर्वाचनका लागि नागरिकको अवस्था बारे छलफल भयो ।
इन्सेक बागमती प्रदेशका संयोजक शिव प्रसाद खकुरेल र बागमती प्रदेश कार्यालयका सहायक अभिलेखीकरण अधिकृत अनमोल पन्त सम्मिलित टोलीले नुवाकोट जिल्लामा पूर्वनिर्वाचन अनुगमन गरेको छ ।
आगामी निर्वाचनको सन्दर्भमा गरिएको अनुगमनका क्रममा टोलीले इन्सेकले जिल्लास्थित निर्वाचन पर्यवेक्षकहरूसँग भेटघाट गरी जिल्लाको निर्वाचन अवस्था, चुनौती र तयारीबारे छलफल गरेको थियो । अनुगमनमा इन्सेकका निर्वाचन पर्यवेक्षकहरूको पनि सक्रिय सहभागिता रहेको थियो ।
अनुगमनका क्रममा टोलीले सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईंसँग भेट गरी स्वच्छ, भयमुक्त र निष्पक्ष निर्वाचनका लागि गरिएको तयारीबारे जानकारी लिएको थियो । हुमागाईंका अनुसार जिल्लामा निर्वाचन तयारी अन्तिम चरणमा पुगेको छ र हालसम्म सबै कामहरू अवरोधरहित रूपमा अघि बढिरहेका छन् ।
सुरक्षा व्यवस्थाबारे उनले माघ २१ गतेदेखि नेपाली सेना परिचालन भइसकेको र अन्य सुरक्षा निकायको तैनाथी पनि अन्तिम चरणमा रहेको जानकारी दिए । उनका अनुसार जिल्लाभर करिब २ हजार निर्वाचन प्रहरी, सोही हाराहारीमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी र करिब १ हजार सेना परिचालन गरिएको छ । हालसम्म जिल्लाको चुनावी वातावरण शान्त र सामान्य रहेको उनले स्पष्ट पारे ।
यसै क्रममा टोलीले मुख्य निर्वाचन अधिकृत हेमबहादुर थापा मगरसँग पनि भेट गरी तयारीबारे छलफल गरेको थियो । उनले निर्वाचन तयारी सुरक्षित र प्रभावकारी रूपमा भइरहेको बताए ।
उनका अनुसार हालसम्म आचारसंहिता उल्लंघनका लिखित उजुरी प्राप्त भएका छैनन् भने मौखिक रूपमा आएका गुनासाहरूलाई प्रमाणीकरण तथा समाधान गर्ने काम भइरहेको छ । निर्वाचनमा खटिने जनशक्तिलाई तालिम पनि जारी रहेको उनले जानकारी दिए ।











समाचार 