बर्दियाको राजापुरमा रुखले च्यापेर एक जनाको मृत्यु भएको छ।
बर्दिया जिल्लाको राजापुर नगरपालिका–२ स्थित बदालपुर कुलो सामुदायिक वन क्षेत्रमा रुख काट्ने क्रममा दुर्घटना हुँदा राजापुर नगरपालिका–२ सोहरिया बस्ने ४५ वर्षीय जगविर थारुको मृत्यु भएको हो।
स्थानीयका अनुसार रुख ढाल्ने क्रममा अचानक रुखले च्यापिएपछि गम्भीर घाइते भएका थारुको घटनास्थलमै मृत्यु भएको बताइएको छ।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।



समाचार
