विश्वविद्यालयमा विद्यार्थी संगठनहरुमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
अनेरास्ववियु,अखिल क्रान्तिकारीलगायतका विद्यार्थी संगठनहरुले शुक्रवार सर्वोच्चमा रिट दर्ता गराउँदै सरकारको निर्णय उत्प्रेषणको आदेशबाट खारेजीको माग गरेका छन् ।
संविधान र पटकपटकका आन्दोलनबाट सुनिश्चित गरिएको अधिकार सरकारको निर्णयबाट खोस्न नमिल्ने जिकिर रिट निवेदनमा गरिएको छ ।
प्रकाशित : २०८३ बैशाख २५ शुक्रबार प्रकाशित



समाचार
