लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

एक तथ्य- टीकापुर घटनामा रामजनम चौधरी किन पक्राउ परेनन्?

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा मनोजकुमार शर्मा सिफारिस

सर्वोच्च अदालतको रिक्त प्रधानन्यायाधीश पदमा न्यायाधीश मनोजकुमार शर्मा सिफारिस भएका छन्।

बिहीबार सिंहदरबारमा बसेको संवैधानिक परिषद् बैठकले शर्माको नाम सिफारिस गर्ने निर्णय गरेको हो। नेपालको न्यायिक इतिहासमै पहिलो पटक वरिष्ठताको रोलक्रम मिच्दै चौथो वरीयतामा रहेका न्यायाधीशलाई प्रधानन्यायाधीशका लागि अघि सारिएको हो।

परिषद्ले कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लसहित वरिष्ठ न्यायाधीशहरूलाई पछाडि पार्दै शर्मालाई नेतृत्वका लागि उपयुक्त ठहर गरेको जनाएको छ।
तत्कालीन प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत उमेरहदका कारण अवकाश पाएपछि सर्वोच्च अदालत कामुको भरमा सञ्चालन हुँदै आएको थियो।

अब संवैधानिक परिषद्को सिफारिस संसदीय सुनुवाइ समितिमा पठाइनेछ। समितिबाट अनुमोदन भएमा राष्ट्रपतिले शर्मालाई प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ। २०२७ असार ४ गते वीरगन्जमा जन्मिएका शर्मा २०७६ वैशाख ६ गते सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका थिए।


प्रकाशित : २०८३ बैशाख २४ बिहीबार प्रकाशित

ताजा समाचार
  • Ad
    Advertisement