लम्कि / सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको लम्कीचुहा–४ बलियामा यातायात व्यवस्था सेवा कार्यालयको उद्घाटन गरेका छन् । शुक्रबार एक कार्यक्रमका बीच शाहले सेवा कार्यालयको उद्घाटन गरेका हुन् । कैलालीको पूर्ववर्ती क्षेत्रका जनतालाई सेवा उपलब्ध गराउनका निमित्त बलियामा सेवा कार्यालय स्थापना गरिएको हो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले जनतालाई सेवा प्रवाह गर्नका लागि प्रदेश सरकार कटिबद्ध भएर लागेको बताए ।

Oplus_131072
उनले यातायात व्यवस्था सेवा कार्यालयको स्थापनासँगै जनताले राहतको अनुभूति गर्नेमा विश्वास व्यक्त गरे ।
सो क्षेत्रको विकासका लागि चालु आर्थिक वर्षमा प्रदेश सरकारले एक अर्ब बराबरको बहुवर्षीय ठेक्का स्रोत सुनिश्चित गरेको मुख्यमन्त्री शाहले कार्यक्रममा जानकारी दिए ।

















समाचार
