टिकापुर / नागरिक उन्मुक्ति पार्टीबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका थरुहट नेता लक्ष्मण चौधरी (थारु)को उम्मेदवारी खारेज भएको छ । उनी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कैलाली निर्वाचन क्षेत्र नं.५ बाट उम्मेदवारी दिएका थिए ।
मुख्य निर्वाचन अधिकृत ओम प्रकाश अर्यालले दिएको जानकारी अनुसार धनगढी उपमहागर पालिका–१५ का स्थानीय समेत रहेका प्रतिनिधि सभा सदस्यका उम्मेदवार रामबहादुर सिंहले चौधरी विरुद्ध दिएको उजुरी उपर मंगलबार जाँचबुझ गर्दा उनी उम्मेदवार हुन ‘अयोग्य’ पाइएकाले उम्मेदवारी खारेज गरिएको बताए ।
टीकापुर घटना सम्बन्धी मुद्दामा अदालतले दोषी ठहर गरी कैद सजाय समेत तोकेको अवस्थामा कैद भुक्तान नगरेका चौधरी कानुनतः उम्मेदवार बन्न अयोग्य देखिएको उनको भनाइ छ ।

















समाचार
