लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

एक तथ्य- टीकापुर घटनामा रामजनम चौधरी किन पक्राउ परेनन्?

उपत्यकासहित जिल्लाभित्र सार्वजनिक सवारी खुला

काठमाडौँ — सरकारले काठमाडौं उपत्यकाभित्रका ३ जिल्लामा सार्वजनिक सवारी चलाउन दिने भएको छ । यस्तै, अन्य जिल्लाहरुमा पनि जिल्लाभित्र सार्वजनिक सवारी साधन चल्न दिने निर्णय भएको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिएका छन् ।

मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले असार १२ गते सरकारले गरेको निर्णयका सम्बन्धमा सरकारले २२ गते परिपूरक निर्णय गरेको बताए । लामो दूरीमा चल्ने र काठमाडौं उपत्यकाबाहिर अन्तरजिल्ला चल्ने सार्वजनिक सवारीलाई भने चल्न दिइने छैन ।

सार्वजनिक सवारी संचालकले पचास प्रतिशत बढी भाडा लिन पाउने

जिल्लाभित्र चल्ने सार्वजनिक सवारीमा भौतिक दूरी कायम राखेर मात्रै यात्रुहरु चढाउन पाइनेछ । ती सवारीमा सिट क्षमताको ५० प्रतिशत यात्रु मात्रै राख्‍न पाइनेछ । यस्तै, सवारी साधानको ढोकामा सेनिटाइजर अनिवार्य गरिएको छ भने मास्क र सेनिटाइजर प्रयोग गर्न भनिएको छ । चालक र सहचालकले अनिवार्यरुपमा मास्क र ग्लोब लगाउनु पर्नेछ ।आधामात्रै यात्रु चढाउन पाउने भएपछि सार्वजनिक सवारी संचालकले कायम भाडाभन्दा पचास प्रतिशतसम्म बढी भाडा उठाउन पाउने सरकारले निर्णय गरेको छ ।


प्रकाशित : २०७७ असार २५ बिहीबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप