लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

एक तथ्य- टीकापुर घटनामा रामजनम चौधरी किन पक्राउ परेनन्?

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

सत्ती / काठमाडौँबाट धनगढीका लागि उडेको जहाजमा एक यात्रुले चुरोट तानेका छन्। बुधबार दिउँसो सवा ३ बजे काठमाडौँबाट धनगढीका लागि उडेको बुद्ध एयरको जहाजमा ती यात्रुले चुरोट तानेका हुन्।

जहाजको शौचालय गएका उनी चुरोट तान्दै सिटमा आएर बसेको एक यात्रु निशा ठकुल्लाले दिनेशखबरलाई बताइन्। उनका अनुसार जहाजमा चुरोटको धुँवा देखिएपछि एकछिन त्यहाँ तनाव सृजना भएको थियो। यात्रुहरुले जहाजमा आगो लागेको आशंका गरेपछि हंगामा भएको ठकुल्लाले बताइन्।

जहाज धनगढी विमानस्थलमा ल्यान्ड गरेपछि चुरोट तान्ने कैलालीको टीकापुर घर भएका नारायण उपाध्यायलाई नियन्त्रणमा लिइएको छ। उनलाई धनगढी विमानस्थलमा रहेको प्रहरीले नियन्त्रणमा लिएको हो। अब उपाध्यायलाई जिल्ला प्रहरीलाई बुझाउने तयारी थालिएको धनगढी विमानस्थल प्रशासनले बताएको छ।
साभार : दिनेश खबर


प्रकाशित : २०७९ असार २९ बुधबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप