बैदि/ टिकापुर ७ बैदिका एक युवाकाे बिहीबार करेन्ट लाग्दा मृत्युु भएको छ । बैदि स्थित हुलाकी टाेलका कविराम चाैधरिले अाफ्नाे घरमा वेल्डिङकाे काम गर्दागर्दै विजुलि सर्ट भइ टिकापुर अस्पतालमा पुगाउने क्रममा बाटो मै निधन भएको बताइएको छ । सामाजिक काममा सक्रिय ३७ वर्षे चाैधरि टिनपा ७ स्थित नव अादर्श कृषि सहकारीका काेषाध्यक्ष थिए । उनको असामयिक निधनप्रति सुदुर सन्दर्भ अनलाइन परिवार हार्दिक श्रद्धाञ्जलि प्रकट गर्दछ ।
प्रकाशित : २०७८ आश्विन १४ बिहीबार प्रकाशित