लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

एक तथ्य- टीकापुर घटनामा रामजनम चौधरी किन पक्राउ परेनन्?

निरञ्जन सहकारीको साधारणसभा सम्पन्न समायोजनमा जानुपर्नेमा जाेड

बैदि / टिकापुर-७ बैदि स्थित निरञ्जन ग्रामीण विद्युत सहकारी संस्थाकाे १४ आै वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ ।

सहकारीका अध्यक्ष नन्दसिंह बाेहराकाे अध्यक्षतामा भएको साधारणसभाका प्रमुख अतिथि टिकापुर नगरपालिका वडा नम्बर ७ का अध्यक्ष रामलाल डगाैरा थारु रहेका थिए भने विशिष्ट अतिथि हरियाली ग्रामीण विद्युत सहकारी संस्था बैदिका अध्यक्ष भक्तिराम पाण्डे रहेका थिए । प्रमुख अतिथि थारुले सहकारिले ठूलो भुगाेल भएको हुनाले निक्षेप संकलन गर्दै उत्पादनमूलक कार्यमा लगानीको लागि संचालक समितिले साेच्नु पर्नेमा जाेड दिए ।
यसक्षेत्रमा बाढी मात्र एउटा समस्या भएकोले घर आंगन नजिकैको सहकारीलाई माथि उठाउन शेयर सदस्य जाग्नु पर्नेमा उनलेे जाेड दिए । 
सहकारीका उपाध्यक्ष राजकुमार चाैधरिकाे स्वागत संगै शुरु भएको साधारणसभामा लाेक कल्याणकारी कृषि सहकारीका अध्यक्ष कृष्ण चाैधरि, संरक्षणकर्मि भाेजराज ढुंगाना ,सुदुर सन्दर्भ डटकमका प्रबन्ध निर्देशक भिम विकले मन्तव्य राखेका थिए । साधारणसभाले नियमितरूपमा महसुल तिर्ने उपभोक्ता लाेहारि थारु,कमला बाेहरा, पर्शुराम थारुलाई सम्मान गरेको थियो ।साधारणसभामा उक्त क्षेत्रमा भएका ग्रामीण विद्युत सहकारी र कृषि सहकारी संस्था समायोजन हुनुपर्नेमा वक्ताहरुले जाेड दिएका थिए ।
सहकारीको वार्षिक आयव्यय अध्यक्ष नन्दसिंह बाेहराले १४ लाख ४५ हजार रुपैयाँको प्रतिवेदन प्रस्तुत गरेका थिए ।


प्रकाशित : २०७८ पुष ३० शुक्रबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप