लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

एक तथ्य- टीकापुर घटनामा रामजनम चौधरी किन पक्राउ परेनन्?

स्थानीय तहको चुनावका लागि दैनिक चार लाख थान मतपत्र छापिँदै

विनय कुश्मि, काठमाण्डौं / निर्वाचन आयोगले आउँदो वैशाख ३० गते शुक्रवार हुने स्थानीय तहको चुनावका लागि मतपत्र छपाइको काम तीव्र गतिमा भैरहेको जनाएको छ ।
जनक शिक्षा सामग्री केन्द्रमा दैनिक चार लाख थानका दरले मतपत्र छपाइको काम भइरहेको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।

सुरुमा उच्च हिमाली र हिमाली जिल्लाका लागि मतपत्र छपाइको काम भइरहेको र क्रमशः पहाडी, तराई र सुगम जिल्लाका मतपत्र छापिने उहाँले जानकारी दिए । आयोगले स्थानीय तह चुनावका लागि १ करोड ९४ लाख थान मतपत्र छापिने जनाएको छ ।

मतदाताको सङ्ख्या १ करोड ७७ लाख ३३ हजार जना भए पनि ८ देखि २५ प्रतिशतसम्म जगेडा राख्नुपर्ने भएकाले १ करोड ९४ लाख थान छाप्नुपरेको आयोगको भनाइ छ ।

यस्तै कुल २३ लहर समूहका ७७ प्रकारका १ करोड ९४ लाख थान मतपत्र छपाइ हुँदा सबैभन्दा कम १६ लहरको मतपत्र डोल्पाको हुनेछ भने सबैभन्दा बढी ५६ लहरको मतपत्र काठमाण्डौको हुनेछ ।


प्रकाशित : २०७८ चैत्र २५ शुक्रबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप