लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

एक तथ्य- टीकापुर घटनामा रामजनम चौधरी किन पक्राउ परेनन्?

नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान

सत्ति / गत बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा निर्वाचित टिकापुर नगरपालिका जनप्रतिनिधिहरुलाई शनिबार वडा नम्बर ७ मा बधाई तथा सम्मान गरिएको छ ।
वडा नम्बर सातका निरञ्जन ग्रामीण विद्युत सहकारी ,जनता रामावि बैदि र बाेर्डर लाइन पब्लिक स्कुलको संयुक्त आयोजनामा आयोजित कार्यक्रममा भएको साे टिकापुर नगरपालिकाका नगर प्रमुख ,नगर उपप्रमुख ,वडा नम्बर सातका वडा अध्यक्ष र सदस्यलाई सम्मान गरिएको हो ।
निरञ्जन ग्रामीण विद्युत सहकारी संस्थाका अध्यक्ष नन्द बाेहराकाे अध्यक्षतामा भएको कार्यक्रममा जनता राष्ट्रिय मावि बैदिका अध्यक्ष गाेविन्द काेइरालाले स्वागत मन्तव्य राखेका थिए ।
सम्मान ग्रहण गर्दै वडा अध्यक्ष यज्ञप्रसाद न्याैपानेले वडाको भुगाेल र समस्या शीत आफू परिचित भएकोले आफ्नोतर्फबाट सम्पूर्ण ज्ञान सीप लगाउने प्रतिवद्धता जनाए ।
उप मेयर खडक बहादुर शाहले टिकापुरवासिकाे विकास प्रतिकाे अपेक्षा नवनिर्वाचित टिमले पुरा गर्नका लागि अहाेरात्र खटिने बताएका थिए यसैगरी नगर प्रमुख रामलाल डगाैरा थारुले टिकापुरकाे विकेन्द्रीकृत विकासका लागि विभिन्न दलमा विभाजित नभइ एकढिक्का भएर लाग्ने बताए । कार्यक्रमकाे संचालन जनता रामावि बैदिका शिक्षक भिम बहादुर विकले गरेका थिए ।


प्रकाशित : २०७९ जेष्ठ १४ शनिबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप