लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

एक तथ्य- टीकापुर घटनामा रामजनम चौधरी किन पक्राउ परेनन्?

टीकापुर नगरपालिकामा नागरिक उन्मुक्तिका पाँच, काँग्रेस दुई र माओवादी एक पदमा विजयी

सत्ति / टीकापुर नगरपालिका कार्यपालिका सदस्यका लागि भएको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीका ५ जना विजयी भएका छन् । निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार नेपाली काँग्रेसका दुई जना र माओवादी केन्द्रका १ जना निर्वाचित भएका छन् ।
निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत लक्ष्मी ओडले दिएको जानकारी अनुसार नागरिक उन्मुक्ति पार्टीबाट महिला सदस्यमा कैलाशपति चौधरी, रुपमति ड.थारु, सरस्वती तिरुवा र दुई दलित सदस्यका लागि दीपक निसानी र मञ्जु वि.क. निर्वाचित भएका छन् । त्यस्तै काँग्रेसबाट राजारानी चौधरी र दलित सदस्यमा रामबहादुर नगार्जी निर्वाचित भएका छन् ।
उता, नेकपा माओवादी केन्द्रबाट महिला सदस्यमा लबरी चौधरी निर्वाचित भएका छन् । काँग्रेसबाट महिला सदस्य टंक वली कार्की, माओवादी केन्द्रका दिलु कामी र चन्द्र नेपाली भने पराजित भएका छन् । ८ जना कार्यपालिका सदस्यका लागि एघार जनाको उम्मेदवारी परेको थियो ।


प्रकाशित : २०७९ जेष्ठ १८ बुधबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप