लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

एक तथ्य- टीकापुर घटनामा रामजनम चौधरी किन पक्राउ परेनन्?

सुदूर सन्दर्भको वार्षिकोत्सवको अवसरमा विपन्न परिवारलाई खाद्यान्न सामाग्री वितरण

सत्ती/सुदूर सन्दर्भ साप्ताहिकले विपन्न परिवारलाई खाद्यान्न सामाग्री वितरण गरेको छ । सुदूर सन्दर्भ साप्ताहिक १२ औँ वर्ष पुरा गरी १३ औँ मा र सुदूर सन्दर्भ डटकम १ वर्ष पुरा गरी दोस्रो वर्षमा प्रवेश गरेको अवसरमा सो सहयोग गरेको हो । टीकापुर ७ सत्तीकी विपन्न परिवारकी बस्दै आएकी रिमा चौधरीको परिवारलाई खाद्यान्न सामाग्री वितरण गरेको साप्ताहिकका सम्पादक एवम् सुदूर सन्दर्भ डटकमका प्रवन्ध निर्देशक भिम वि.क.ले बताए ।

सो परिवारको आर्थिक अवस्था निकै कमजोर भएको थाहा पाए पछि पत्रीकाको वार्षिकोत्सवको अवसर पारेर सहयोग गरेको वि.क. बताए । चौधरीका ३ छोरा रहेका छन भने उनको जेठो छोरा समिर चौधरीलाई बोन क्यान्सर रहेको स्वास्थ्य कर्मीको भनाई छ ।

आर्थिक अवस्था नाजुक र स्वास्थ्य अवस्था पनि कमजोर हुँदा दैनिकी निकै कठिन भईरहेको अवस्थामा आफुले सहयोग पाउँदा निकै खुसी लागेको चौधरीले बताइन । खाद्यान्न अभावले के खाने भन्ने चिन्तामा रहेको थियो उनले बताइन ।

सुदूर सन्दर्भ साप्ताहिकले विगत्का वर्ष देखि आफ्नो स्थापना दिवसको अवसरमा सामाजिक काम गर्दै आइरहेको छ ।


प्रकाशित : २०७९ भाद्र ५ आईतवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप