लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

एक तथ्य- टीकापुर घटनामा रामजनम चौधरी किन पक्राउ परेनन्?

आगामी निर्वाचनलाई लक्षित गर्दै टीकापुरमा नमूना मतदान

टीकापुर / टीकापुरमा नमुना मतदान भएको छ ।
नेत्रहिन युवा संघ नेपाल कैलालीको आयोजनामा शुक्रबार नमूना मतदान भएको हाे ।
मतदान कार्यक्रममा ३० जना सबलाङ्ग र ४२ जना अपाङ्गता भएका व्यक्तिहरुले मतदान गरेका थिए । ७२ जनाले गरेको नमूना मतदानमा ६५ मत सदर भएको थियो भने ७ मत बदर भएको मतदान अधिकृत हिमालय माध्यमिक विद्यालयका शिक्षक आशा भण्डारीले जानकारी दिइन् । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै नमूना मतदान गरिएको जनाइएको छ । नमुना मतदान वीरेन्द्र विद्या मन्दिर बहुमखी क्याम्पस टीकापुरमा भएको हो । नमुना मतदानको अभ्यासलाई निरन्तरता दिन सकेमा आसन्न निर्वाचनमा बदर मत संख्या घट्ने मतदान अधिकृत भण्डारीले बताइन् । कार्यक्रमको अध्यक्षता नेत्रहिन युवा संघ कैलालीका अध्यक्ष अर्जुन रावलले गरेका थिए भने आगामी मंसिर ४ गते हुने निर्वाचनमा बदर मत घटाउने र मतदातालाई मतदाता शिक्षा दिने उद्देश्यले नमुना मतदान गरिएको बताइएकाे छ ।


प्रकाशित : २०७९ कार्तिक २५ शुक्रबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप