लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

एक तथ्य- टीकापुर घटनामा रामजनम चौधरी किन पक्राउ परेनन्?

खेती जाेगाउन सिमामा किसानले लगाए काँडेतार

बैदि / टीकापुर नगरपालिका वडा नं. ७ कालाकुण्डा स्थित सिमा क्षेत्रमा स्थानीय किसानले काँडेतार लगाएका छन् ।
किसानले लगाएको गहुँ खेती भारतीय क्षेत्र बाट छाडा चाैपाया आउने भएकोले किसानले बालि जाेगाउनका लागि स्थानीयले घरघरबाट रुपैयाँ संकलन गरेर सिमा क्षेत्रमा काँडेतार लगाएकाे स्थानीय भिउराज साउँदले जानकारी दिए ।
भारतिय जंगलबाट राति आउने छाडा चाैपाया तथा जंगली जनावरले खाएर गहुँ खेती नाेक्सान गर्न थालेपछि काँडेतार लगाउनु परेकाे उनकाे भनाइ रहेकाे छ ।
किसानहरुले हरेक घर बाट पाँच सय रुपैयाँ उठाइ तार र पाेल खरिद गरि जनश्रमदानबाट सिमा क्षेत्रमा करिब ५ सय मिटर क्षेत्रमा काँडेतार लगाएका हुन । ५ सयका दरले १ लाख ५० हजार संकलन गरि जनश्रमदानबाट काँडेतार लगाएको स्थानीय मदन साउँदले जानकारी दिए ।
खेती जाेगाउन स्थानीय किसानले गरेको काममा नगरपालिकाले थप बजेटकाे ब्यवस्था गरि सहयोग गर्नुपर्ने स्थानीयकाे भनाइ रहेकाे छ ।


प्रकाशित : २०७९ पुष १७ आईतवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप