लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

एक तथ्य- टीकापुर घटनामा रामजनम चौधरी किन पक्राउ परेनन्?

टीकापुरमा ९ वर्षीया नाबालिकामाथि बलात्कारको प्रयास

टीकापुर : कैलालीको टीकापुर नगरपालिका वडा नं. ५ की ९ वर्षिया नाबालिका माथि एक युवकले बलात्कारको प्रयास गरेका छ्न । टी.न.पा -५ का ३० वर्षिय प्रेम शाहिले अस्ति राती नाबालिका माथी बलात्कारको प्रयास गरेका हुन ।

इलाका प्रहरी कार्यालय टीकापुरले दिएको जानकारी अनुसार पुष १५ गते राति ती नाबालिकालाई शाहीले घरबाट केराबारी पुर्‍याएका थिए । नाबालिकाका आफन्तले घटनाबारे तत्काल थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी घटनास्थल पुग्दा शाही फरार भएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डीएसपी हेम शाहीले जानकारी दिए। प्रहरीले फरार रहेका शाहीको खोजी कार्य भइरहेको जनाएको छ। नाबालिकाका आफन्तले शाहीविरुद्ध जबर्जस्ती करणी उद्योगमा उजुरी दिएका छन्।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

(साभार : ANNAPURNA POST)


प्रकाशित : २०७९ पुष १७ आईतवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप