लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

एक तथ्य- टीकापुर घटनामा रामजनम चौधरी किन पक्राउ परेनन्?

टीकापुरमा सार्वजनिक व्यवस्थापन सुधार्न सचेत समाजको ध्यानाकर्षण

टीकापुर/टीकापुर सचेत समाजले टीकापुर नगरपालिकालाई विभिन्न सार्वजनिक समस्या समाधान गर्न ध्यानाकर्षण गराएको छ ।

संस्थाले कार्यवाहक नगर प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतलाई सम्बोधन गर्दै नगरभित्रका सार्वजनिक संरचना, सेवा र व्यवस्थापन सुधार गर्न लिखित सुझाव सहित पत्र पेश गरेको हो।

ध्यानाकर्षण पत्रमा नगर भित्रका ढल निकास, खानेपानी, सार्वजनिक शौचालय, बसपार्क, सभागृह तथा सडकजस्ता पूर्वाधारको उचित संरक्षण,निर्माण र मर्मतसम्भारमा ध्यान दिन आग्रह गरिएको छ। “स्वच्छ, सुन्दर, हरित टीकापुर” बनाउने लक्ष्यलाई व्यवहारमा उतार्न नगरपालिकाले प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिइएको छ।

समाजले टीकापुर अस्पताल अघिको अव्यवस्थित पार्किङ व्यवस्थापन, खुला मञ्च अगाडिको सार्वजनिक शौचालयको उचित व्यवस्थापन,वर्षायाम अघि ढल निकास सरसफाइ र सुधार ,कृषि हाटबजार क्षेत्रको पार्किङ तथा व्यवस्थापन,फुटपाथ तथा खुला व्यापार नियन्त्रण, छाडा पशुचौपायाको व्यवस्थापन र संरक्षण,विद्यालयमा पाठ्यपुस्तक तथा शैक्षिक सामग्री वितरणमा एकरूपता ,मुख्य सडक चोकमा ट्राफिक व्यवस्थापन,अतिक्रमित सार्वजनिक जग्गा खाली गराई सार्वजनिक हितमा सुधारको माग गर्दै ध्यानाकर्षण पत्र पेस गरेको छ ।

साे पत्र ग्रहण गर्दै कार्यवाहक नगर प्रमुख राम बहादुर नगार्जिले पत्रमा उल्लेख भएका धेरै कुरामा नगरपालिकाले काम गरिरहेकाे र आवश्यक कुरामा सुधारका लागि प्रयास गर्ने बताएका थिए ।


प्रकाशित : २०८३ बैशाख १४ सोमबार प्रकाशित

ताजा समाचार
  • Ad
    Advertisement