लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

एक तथ्य- टीकापुर घटनामा रामजनम चौधरी किन पक्राउ परेनन्?

टीकापुरको खक्रौलाबाट ठूलो परिमाणमा लागुऔषध सहित दुई युवक पक्राउ

टीकापुर नगरपालिका वडा नं ९ स्थित खक्रौलाबाट खैरो हेरोइनसहित दुई युवक पक्राउ परेका छन ।

पक्राउ पर्नेमा बर्दियाको राजापुर नगरपालिका–४ निवासी ३० वर्षीय तेजबहादुर बिटालु र सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ निवासी १९ वर्षीय सोहन नेपाली रहेका छन् भने दुवै जनाको साथबाट १९ ग्राम १६० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय टीकापुर र कालाकुण्डा प्रहरी चौकीको संयुक्त रुपमा खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको से १ ह २२११ नम्बरको अटोरिक्सा चेकजाँचका क्रममा अटोरिक्सामा रहेका उनीहरु भाग्न खोजेका थिए। प्रहरी टोलीले लखेटेर उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

“यो एकदमै ठूलो परिमाण भएको र यस बारेमा थप अनुसन्धान गरिने ” जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले बताएका छन ।


प्रकाशित : २०८३ जेष्ठ १ शुक्रबार प्रकाशित

ताजा समाचार
  • Ad
    Advertisement