रसुवा, राष्ट्रिय युवा संघ नेपाल, बागमती प्रदेश कमिटीको आयोजनामा रसुवा जिल्लाको कालिका गाउँपालिका–२ स्थित स्याउबारी सामुदायिक वनमा शनिबार बृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।
प्रकृति संरक्षण, वातावरणीय सन्तुलन र ‘हरित नेपाल’ निर्माणको राष्ट्रिय अभियानलाई टेवा पुर्याउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो । वृक्षरोपण अभियान एक महिना सम्म सञ्चालन हुने राष्ट्रिय युवा संघ नेपाल रसुवाले जनाएकाे छ । वातावरण जोगाउने यस पवित्र कार्यमा युवाहरूको उत्साहजनक र सक्रिय सहभागिता रहेको थियो ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, युवा तथा नेताको उपस्थिति रहेको थियो । राष्ट्रिय युवा संघ नेपालले प्रकृति र वातावरण संरक्षणका लागि युवा वर्ग सदैव अग्रपंक्तिमा उभिनुपर्ने सन्देश दिँदै आगामी दिनमा पनि यस्ता रचनात्मक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।
साे अवसरमा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय अध्यक्ष महाराज गुरूङ, नेकपा एमाले केन्द्रीय सदस्य प्रेम तामाङ, रसुवा जिल्ला कमिटीअध्यक्ष कैसाङनुर्पु तामाङ, सचिव पेम्बा तामाङलगायत सहभागी थिए ।



समाचार
