लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

एक तथ्य- टीकापुर घटनामा रामजनम चौधरी किन पक्राउ परेनन्?

उद्योग वाणिज्य सङ्घ भजनीको अध्यक्षमा बुढा

भजनि / उद्योग वाणिज्य सङ्घ भजनीको अध्यक्ष जयबहादुर बुढा चयन भएका छन् । वाणिज्य सङ्घको वार्षिक चुनावी साधारण सभाले बुढालाई सर्वसम्मत अध्यक्षका लागि चयन गरेको हो ।

भजनीमा बसेर व्यापार व्यवसाय गर्दै आएका बुढा यसअघि उद्योग वाणिज्य संघ भजनीको ९ वर्षसम्म सचिव थिए । पत्रकारिता र व्यापारमा सक्रिय बुढा व्यापारीको हकहितका क्षेत्रमा क्रियाशील छन । यसैगरी उपाध्यक्षमा रामप्रशाद रेग्मी, सचिव जनक बहादुर विक, कोषाध्यक्ष शान्ति ओझा, सह सचिव विनोद शाह सर्वसम्वत भएका छन् । सदस्यमा निर्मला परियार, राजकुमार अग्रवाल, लालबहादुर चौधरी, उपेन्द्र केसी, नृप बोगटी, नरेन्द्र थापा सर्वसम्वत चयन भएका हुन् ।

अध्यक्षमा निर्विरोध चयन भएपछि बुढाले उद्योग वाणिज्य संघ भजनीलाई व्यापारीको हकहितका क्षेत्रमा काम गर्ने संस्थाका रुपमा विकास गर्ने बताए । उनले व्यवसाय, उद्योग र स्थानीय अर्थतन्त्र सुधारका लागि प्रयास र सहकार्य गर्ने बताए । ‘‘लगानी मैत्री वातावरण बनाउन पहल गर्ने स्थानीय उत्पादन र बजार प्रवर्धनका लागि सहजीकरण गर्नेछु’’,।

अध्यक्षमा चयन भएपछि बुढाले भने ‘‘युवा उद्यमशीलता र रोजगारी सिर्जनाका लागि समन्वय र सहकार्य गरेर काम गर्नेछु ।’’उद्योग वाणिज्य सङ्घ भजनीको पाँचकठ्ठा जमिनमा आफ्नै भवन पनि छ ।


प्रकाशित : २०८३ बैशाख २७ आईतवार प्रकाशित

ताजा समाचार
  • Ad
    Advertisement