लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

एक तथ्य- टीकापुर घटनामा रामजनम चौधरी किन पक्राउ परेनन्?

बालमैत्री स्थानीय शासन सूचकको अभिमुखिकरण

धनराज शाही ,बेलुवा / टीकापुर ६ मा बालमैत्री स्थानीय शासन सम्बन्धि सूचकको प्रगति तथा समिक्षा अभिमुखिकरण कार्यक्रम बुधबार सम्पन्न भएको छ ।

टीकापुर नगरपालिकाकाे वडा नम्बर ६ लाई बाल मैत्री स्थानीय शासन वडा घोषणाका लागी ५१ वटा सूचक मध्ये कुनकुन सुचकमा के कति प्रगति रहेकोे छ भन्ने बारेमा छलफल भएको थियो ।
बालमैत्रि वडा घाेषणाका लागि स्थानीय संघसंस्था ,विद्यालय,स्थानीय तह,स्वास्थ्य संस्थाले समन्वय गरेर अघि बढेमा छिटो बालमैत्री वडा घोषणा गर्न सकिने बताइएको थियो ।
कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष बलिराम चौधरीले गरेका थिए भने ५१ वटा सूचकको बारेमा बाल कल्याण संघ टिकापुरका बाल संरक्षण अधिकृत पदमराज भट्टले जानकारी दिएका थिए ।
टीकापुर ६ को आयोजनामा संचालित कार्यक्रममा बाल कल्याण संघ टीकापुरले सहजिकरण रहेको थियो।


प्रकाशित : २०७८ माघ १९ बुधबार प्रकाशित

ताजा समाचार
  • Ad
    Advertisement