लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

एक तथ्य- टीकापुर घटनामा रामजनम चौधरी किन पक्राउ परेनन्?

 कोभिड–१९ को बढ्दो संक्रमणलाई मध्यनजर गर्दै कैलाली प्रशासनले स्मार्ट लकडाउन सहित कडाइ गर्ने भएको छ । 

कोभिड–१९ को बढ्दो संक्रमणलाई मध्यनजर गर्दै कैलाली प्रशासनले स्मार्ट लकडाउन सहित कडाइ गर्ने भएको छ ।
सत्ति / बुधबार एक सुचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय कैलालीले आज राती १२ बजेदेखि अनिश्चितकालका लागि लागु हुने गरि बिभिन्न निर्णय गरेको प्रशासनले जनाएको छ ।

कोरोनाको रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) को सिफारिस एवं गृहमन्त्रालयको निर्णय, सङ्क्रामक रोग नियन्त्रण ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ले दिएको अधिकार प्रयोग गरी उक्त आदेश जारी हो ।

अब सार्वजनिक स्थलमा मास्कको प्रयोग र साबुन पानीले हात धुने जस्ता स्वास्थ्य मापदण्डको पालना अनिवार्य गराउन प्रशासनको आदेश छ । यस्तै भिडभाड तथा राजनीतिक गतिविधिमा रोक लगाइएको छ । सार्वजनिक ठाउँमा २५ जना भन्दा बढी भेला पाइने छैन ।

सार्वजनिक स्थलमा जाँदा माघ ७ देखि खोप लगाएको कार्ड देखाउनुपर्ने नियम लागु गरिएको छ । यस्तै माघ १५ सम्म विद्यालय बन्द रहनेछन् । पूर्वनिर्धारित  सेमेस्टर तथा वार्षिक परीक्षाको हकमा  स्वास्थ्य मापदण्ड पालना हुने गरी जेड आकारमा बसाई व्यवस्था  गरी सञ्चालन गर्न अनुमति दिइएको छ ।

 


प्रकाशित : २०७८ पुष २८ बुधबार प्रकाशित

ताजा समाचार
  • Ad
    Advertisement