सत्ति / टिकापुर नगरपालिकामा अवैधानिक तवरबाट संचालन भएको एक मेडिकल संचालक लाई पक्राउ गरिएको छ ।
टीकापुर नगरपालिका वडा नं ८ सुर्यपुर स्थित गाेठमा अवैध मेडिकल संचालन गरिरहेका एक अशोक भनिने झाेले डाक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले नियन्त्रणमा लिएका व्यक्ति भारतीय नागरिक भएको र उनलेे नेपालमा मेडिकल राख्ने अनुमति नलिएको र जाेखिमपुर्ण रुपमा गाेठमा मेडिकल संचालन भैरहेको स्थानीयले स्वास्थ्य मन्त्रालयमा उजुरी दिए पछि जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीको निर्देशनमा टिकापुर नगरपालिका स्वास्थ्य शाखा, इलाका प्रहरी कार्यालय टिकापुर ,नगर प्रहरीको संयुुक्त टाेलिले अनुगमन गर्दा वैधानिक कागजात कुनै पनि फेला नपरेकोले उनलाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी प्रकाश डाँगीले जानकारी दिए ।
उनलाई पक्राउ गरि अनुसन्धान भैरहेको डिएसपी डाँगीले बताए ।
विगत १० वर्ष देखि साे क्षेत्रमा अवैधानिकरुपमा मेडिकल संचालन भैरहेको एक स्थानीयले बताए ।



समाचार
