विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले आगामी एक वर्षसम्म सञ्चारमाध्यम, युट्युबर र सामाजिक सञ्जाललाई अन्तर्वार्ता नदिने घोषणा गरेका छन्।
ट्राफिक जरिवानासम्बन्धी आफ्नो अभिव्यक्ति विवादमा परेपछि उनले सामाजिक सञ्जालमार्फत यस्तो निर्णय सार्वजनिक गरेका हुन्।
मन्त्री पुनले अत्यन्त महत्वपूर्ण सार्वजनिक विषयबाहेक कसैलाई पनि अन्तर्वार्ता नदिने बताएका छन्। साथै, ट्राफिक नियम उल्लंघन गर्नेले ५० हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने भन्ने आफ्नो भनाइप्रति माफी माग्दै उक्त अभिव्यक्ति फिर्ता लिएका छन्।
उनले अन्तर्वार्ताका क्रममा आफूलाई पटक–पटक सोधेर विवादित बनाइएको दाबी पनि गरेका छन्।



समाचार
