भजनि / सशस्त्र प्रहरीले भारततर्फ एक्लै जाँदै गरेकी एक महिलालाई सीमावर्ती क्षेत्रबाट उद्धार गरेको छ ।
सशस्त्र प्रहरी बलको सीमा सुरक्षा गुल्म गुलरियाघाट, कैलालीबाट खटिएको चेकपोस्ट टोलीले शनिबार कैलालीको भजनी नगरपालिका –५ स्थित गुलरियाघाट सीमावर्ती क्षेत्रमा भारततर्फ जाँदै गरेको अवस्थामा ती महिलालाई उद्धार गरेको हो ।
सशस्त्र प्रहरीले ती महिलामाथि शंका लागेपछि रोकी आवश्यक सोधपुछ गरेको थियो । महिलाको अवस्था र यात्राको उद्देश्यबारे प्रारम्भिक जानकारी संकलन गर्नुका साथै परिवारसँग समन्वय गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
त्यसपछि आवश्यक सुरक्षा तथा संरक्षणको व्यवस्था मिलाउँदै उनलाई थप प्रक्रिया र संरक्षण का लागि नेपाल प्रहरी तथा शान्ति पुनःस्थापना गृहको जिम्मा लगाइएको बताइएको छ ।



समाचार
