लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

एक तथ्य- टीकापुर घटनामा रामजनम चौधरी किन पक्राउ परेनन्?

सुरक्षित भनिएको सुकुम्बासी होल्डिङ सेन्टरमै बाढी पस्यो, ५४ जनाको उद्धार

काठमाडौंको कीर्तिपुर नगरपालिका–१० सुन्दरीघाटस्थित राधास्वामी सुकुम्बासी होल्डिङ सेन्टरमा गएराति बागमती नदीमा आएको बाढी पसेपछि त्यहाँ बसिरहेका सुकुम्बासी प्रभावित भएका छन्।

काठमाडौं प्रहरीका अनुसार राति करिब १ बजे बाढी सेन्टरभित्र पसेपछि ५४ जनालाई उद्धार गरी त्रिभुवन विश्वविद्यालय परिसरस्थित स्मृति भवनमा सारिएको छ। बाढीका कारण सुकुम्बासीहरूको लत्ताकपडा र खाद्यान्न भिजेको छ। होल्डिङ सेन्टरमा रहेका १५४ जनामध्ये ६ जना होस्टलमा बसेका छन् भने ९४ जनाले सेन्टरकै सुरक्षित भागमा बस्ने निर्णय गरेका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सूचना पाएलगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त ६० सदस्यीय टोली उद्धारमा खटिएको थियो । प्राधिकरणले प्रभावितहरूका लागि खाना, पिउने पानी र अन्य आवश्यक राहत सामग्रीको व्यवस्था भइरहेको जनाएको छ।


प्रकाशित : २०८३ असार २७ शनिबार प्रकाशित

ताजा समाचार
  • Ad
    Advertisement