लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

एक तथ्य- टीकापुर घटनामा रामजनम चौधरी किन पक्राउ परेनन्?

कैलालीमा मोटर छुँदा करेन्ट लागेर एक बालिकाको मृत्यु

कैलालीमा घरमा जडान गरिएको पानी तान्ने मोटरमा छुँदा करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ।

शनिबार बेलुकी गौरीगंगा नगरपालिका–६ का तपेन्द्र साउँदकी ८ वर्षीया छोरी आयुस्मा साउदलाई मोटर चलिरहेको अवस्थामा करेन्ट लागेको हो ।

करेन्ट लागेर गम्भीर घाइते भएकी आयुस्मालाई तत्काल उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल पुर्‍याइएको थियो भने उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनापछि प्रहरीले घटनास्थलको निरीक्षण गरी आवश्यक अनुसन्धान सुरु गरेको छ। विद्युतीय उपकरण प्रयोग गर्दा आवश्यक सुरक्षा सावधानी अपनाउन र विद्युत् जडान नियमित रूपमा परीक्षण गर्न पनि सम्बन्धित निकायले आग्रह गरेका छन्।


प्रकाशित : २०८३ असार २१ आईतवार प्रकाशित

ताजा समाचार
  • Ad
    Advertisement