बैतडीमा शुक्रबार दिउँसो यात्रुवाहक बस दुर्घटना भएको छ ।
धनगढीबाट बैतडी सदरमुकामतर्फ जाँदै गरेको सु.प.प्र. ०१–००१ ख ३९६३ नम्बरको बस दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका–८ गैराखान क्षेत्रमा शुक्रबार दिउँसो करिब ३ बजे दुर्घटना भएको हो ।
दुर्घटनामा परि बसमा सवार १७ जना घाइते भएका छन भने दुई जनाको अवस्था गम्भीर रहेको छ । उक्त बस सडकबाट करिब ६० मिटर तल खसेको थियो ।
दुर्घटनाको कारण भने अहिले सम्म खुल्न नसकेको जनाईएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



समाचार
