लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

एक तथ्य- टीकापुर घटनामा रामजनम चौधरी किन पक्राउ परेनन्?

सइ चन्द सहित चार प्रहरी सम्मानित

धनगढी / कैलाली प्रहरीले प्रहरी नायव निरीक्षक शुशिल चन्द ठकुरी सहित अन्य ३ जना प्रहरी कर्मचारीलाई नगद पुरस्कार सहित सम्मान गरेको छ ।

सम्मानित हुनेहरूमा प्रहरी सहायक हवल्दारद्वय महेश बहादुर चन्द र सन्तोष महरा तथा प्रहरी जवान हर्क बहादुर बोहरा रहेका छन्। उनीहरूको सक्रियतामा कैलारी–९ का राजकुमार रानाको शव जेठ २४ गते त्रिवेणी घाटमा फेला परेको घटनाको अनुसन्धानमा महत्वपूर्ण सहयोग पुगेको प्रहरीले जनाएको छ।

कैलाली प्रहरीका प्रवक्ता डीएसपी योगेन्द्र तिमिल्सिनाका अनुसार प्रारम्भिक अनुसन्धानमा रानामाथि कुटपिट गरी हत्या गरिएको र त्यसपछि शव मोहना नदी किनारमा फालिएको देखिएको थियोे । घटनामा संलग्न रहेको आरोपमा धनगढी उपमहानगरपालिका–८ का ६० वर्षीय बम्मन राना र ५८ वर्षीया भँगु राना र गिता रानालाई पक्राउ गरिएको थियोे । गिता उनिहरुको छोरी हुन् ।

उनीहरूलाई कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको छ भने अन्य दुई जना फरार रहेको कैलाली प्रहरीले जनाएको छ।
फरार व्यक्तिहरूको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।


प्रकाशित : २०८३ जेष्ठ २९ शुक्रबार प्रकाशित

ताजा समाचार
  • Ad
    Advertisement